काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ घरबाट खसेर घाइते हुनुभएको छ ।
घाइते नेपालको अहिले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । आफ्नो घर नजिकैको एक घरबाट खसेर उहाँ गम्भीर दुर्घटनामा पर्नुभएको हो ।
घाइते अवस्थाका नेपाललाई दुई जना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याएको र अहिले अन्नपूर्ण न्युरो अस्पतलमा उपचार भइरहेको नेकपा एसका उपमहासचिव डा. विजय पौडेलले फेसबुकमार्फत जानकारी दिनुभयो ।
नेकपा एसका केन्द्रीय सदस्यसमेत रहनुभएका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर घाइते हुनुभएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिनुभयो । नेता पौडेलले भन्नुभयो–‘दुइजना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ ।’