फाइल तस्वीर
काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले आज बिहीबार आफ्नो वेबसाइटमार्फत् नमुना मतपत्र सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको मतपत्रमा प्रदेशसभा सदस्य र सङ्घीय संसद अन्तगर्त रहेको राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुले मतदात गर्ने मतपत्र फरक फरक छन् । राष्ट्रपति निर्वाचनको मतदातामा सङ्घीय संसद्का दुवै सदनका सांसद र सातै प्रदेशका प्रदेशसभा सदस्य हरेका छन् । निर्वाचनमा ३३२ सङ्घीय सांसद र प्रदेश सभाका ५५० गरी कूल ८८२ मतदान गर्न पाउनेछन् ।
आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामसहित तस्वीर राखिएको छ । पहिलोक्रममा आठदलीय गठबन्धनका साझा उम्मेदवार पौडेल र दोस्रो नम्बरमा एमालेको तर्फबाट उम्मेदवार बनेका पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङको नाम राखिएको छ ।
आयोगले सार्वजनिक गरेको नमुनामतपत्र अनुसार सङ्घीय सांसदले हाल्ने मतपत्रको रङ्ग रातो र प्रदेशसभा सदस्यका लागि हरियो रङको मतपत्र छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदैछ ।

