काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताउनुभएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काङ्ग्रेससहित आठ दलीय सांसदहरुको प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताउँदै आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जाने दाबी समेत गर्नुभयो ।