काठमाडौं – राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।
काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्कवेटमा केही बेरअगाडिबाट अभिमुखीकरण तालिम सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो ।
अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ । कार्यक्रममा आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आह्वान गरिँदैछ ।
प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसद्हरुको लागि अभिमुखीकरण कार्यक्रम भइरहेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
निर्वाचनमा सङ्घीय संसदका ३ सय ३२ जना र प्रदेशसभाका ५ सय ५० जना गरी कुल ८ सय ८२ मतदाताले मतदान गर्नेछन् ।