प्रतिकात्मक तस्वीर
दमक — झापाको कान्काई नगरपालिका – ३ स्थित राजमार्गमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ बा. १८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिएको हो ।

कारको ठक्करबाट घाइते भएकी कनकाई नगरपालिका – ३ की ३६ वर्षीया सावित्रादेवी भण्डारीलाई बी एन्ड सी अस्पताल बिर्तामोड लगिएकामा त्यहाँ पु¥याउनासाथ उनको मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालक कमल गाउँपालिका – ६ का नित्यानन्द ताजपुरियालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।