फाइल तस्वीर
काठमाडौं — आसन्न राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङको पक्षमा भोट माग्न नेकपा एमालेका नेताहरु एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकहाँ पुगेका छन् । राष्ट्रपति पदका लागि नेकपा (एमाले)का उम्मेदवार एवं पूर्वसभामुख सुवास नेम्वाङसहित पाँचजना नेताहरु आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेर नेम्वाङले आफूलाई भोट हाल्न आग्रह गरेका हुन् ।
एकीकृत समाजवादीले चुनाव अघिकै पुरानै पाँच दलीय गठबन्धनमा फर्किँदै राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाउने निर्णय लिएपछि आज बिहीबार नेम्वाङसहित एमाले नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विमला राई पौड्याल भोट माग्न नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा पुगेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, प्रकाश ज्वालासहितका नेताहरूसँग काठमाडौंको आलोकनगरस्थित पार्टी कार्यालयमा एमाले नेताहरूको छलफल भइरहेको बताइएको छ ।