काठमाडौं — शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए अनुसार उनले गएराति महाराजगञ्जस्थित आफ्नै निवासमा विष खाएकी हुन्

उनको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ । अस्पताललाई उद्धृत गर्दै प्रहरीले अवस्था चिन्ताजनक नरहेको जानकारी दिएको छ । उनी बोल्न सक्ने अवस्थामै छिन् । केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी वाइबाले विष पिउनुको कारणबारे बताउन मानेकी छैनन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन्।

अहिले उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको बताइएको छ ।