फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
उक्त पार्टीको आज बसेको सचिवालय बैठकले काङ्ग्रेसका वरिष्ठ नेता एवम् राष्ट्रपतिका उम्मेदवार पौडेललाई मतदान गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
महासचिव खतिवडाले ‘आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्छ भन्ने निर्णय ग¥यौं’ भन्नुभयो ।
नेता खतिवडाले सरकारमा जाने विषयमा सकारात्मक भएको बताउनुहुँदै राष्ट्रपतिका विषयमा भएको निर्णय उचित रहेको निष्कर्ष निकालिएको समेत जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचन आगामी हप्ता अर्थात् फागुन २५ गते बिहीबार हुँदैछ । राष्ट्रपति पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । काङ्ग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट पूर्वसभामुख एवम् पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि प्रतिस्पर्धी हुनुहुन्छ ।