काठमाडौं — प्रतिनिधिसभाको बैठक उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने गरी स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो हुने तय भएको उक्त बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको हो । यहि फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।
तेस्रो कार्यकालको राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्वाङ उम्मेदवारको प्रतिस्पर्धामा छन् ।
यस्तो छ संसद् सचिवालयले जारी गरेको सूचनाः
