काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यसैगरी देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले बिहान भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) देखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।