काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपरान्ह १ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाउने कार्यसूची छ ।

त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ’संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोे छ ।

https://ekagajcdn.prixacdn.net/media/albums/s_ks8KbIk4Zw.JPG