फाइल तस्वीर
काठमाडौं — आठ दलीय गठबन्धनको सदस्य दल जनमत पार्टी सरकारबार नबाहिने भएको छ । मङ्गलबार काठमाडौंमा आयोजित विद्यार्थी सङ्घको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष डा.चन्द्रकान्त राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताउनु भएको हो ।

केही समय अघिसम्म प्रधानमन्त्रीसँग असन्तुष्ट बन्दै आउनुभएका सो पार्टीका अध्यक्ष राउतले आफ्नो दल सरकारबाट नबाहिरिने बताउनुहुँदै ‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस, सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन । अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बाहिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ’— भन्नुभयो ।

माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने अध्यक्ष राउतको भनाइ थियो ।