फाइल तस्वरी
काठमाडौं — नाबालिका बलात्कारको आरोप खेपिरहेका नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ ।

सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो ।

उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै थुनामुक्त भएका सन्दीपले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्न विदेश जान अनुमति माग्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

यता महान्यायाधिवक्ताको कार्यालयले भने उच्च अदालत पाटकको फैसलाविरुद्ध सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । यी दुवै रिटको सुनुवाई सकिएको र आजै सर्वोच्चले आदेश सुनाउने तयारी भएको जनाइएको छ ।