फाइल तस्वीर
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने विषयमा अनिर्णित बनेको छ । पार्टीको आज बसेको बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्नेभन्ने विषयमा निर्णयमा पुग्न नसक्दा अनिर्णित भएको हो ।
तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराउनु भयो ।
सहमहामन्त्री बुर्लाकोटीका अनुसार बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काङ्ग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ सकेको छैन । आजको बैठकमा पार्टी सभापति रवि लामिछानेले देशको पछिल्ला राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको बताइएको छ ।