फाइल तस्वीर


काठमाडौं — सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकारबाट बाहिरिने भएको छ । सोमबार बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकारबाट बाहिरिएसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । सचिवालयको बैठक जारी छ ।

नेकपा (एमाले)बाट बनेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् ।