फाइल तस्वीर
काठमाडौं — सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज सोमबार बिहान ११ बजे बैठक बस्न लागेको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले दिनुभयो । राष्ट्रपति पदको उम्मेदवारको विषयमा सत्तारुढ दुई ठूला कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्रबीच खटपट सुरुभएको छ । एमाले सरकारमा बस्ने वा हट्ने भन्ने विषयमा पनि आजको सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिका लागि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।