फाइल तस्वीर

काठमाडौं — बलात्कार अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाई आज सोमबार पनि हुने भएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको बन्द इजलासमा हिजो आईतबार भएको मुद्दाको सुनुवाई हेर्दाहेर्दैमा राखिए पछि आज सुनुवाई हुन लागेको हो ।

बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो । गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका सन्दीप उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भएका थिए ।
धरौटीमा रिहा भएका क्रिकेटर सन्दीपलाई नेपाल क्रिकेट सङ्घले पुनः राष्ट्रिय टिममा समावेश गरेर एक हप्ता अघि नेपालमा भएको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका थिए । लामिछाने आगामी खेलका लागि नेपाली टिमको तर्फबाट विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सन्दीपलाई धरौटीमा रिहा गर्दा उच्च अदालतले विदेश जान रोक लगाएको थियो । सो आदेशका विरुद्ध लामिछाने सर्वोच्च गएका हुन् । जस विरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाइ भइहेको हो ।

सरकार र लामिछानेको दुबै मुद्दामा गत शुक्रबारदेखि भएको सुनवाई हिजो आईतबार नसकिएपछि आज सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने भन्ने बारे आज सर्वोच्चले फैसाल गर्ने छ ।