फाइल तस्वीर


काठमाडौं — आसन्न राष्ट्रपति निर्वाचन र देशको समसामयिक विषयमा छलफल गर्न यतिबेला आठदलीय गठबन्धनका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुट्नुभएको छ । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले साँझ ६ बजेका लागि आठदलीय गठबन्धनको बैठक राख्नुभएको हो ।

राष्ट्रपति निर्वाचनको विषयमा सत्तागठबन्धनमा दरार उत्पन्न भएपछि हिजोमात्रै आठदलीय गठबन्धन बनेको थियो । राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी परेको छ । राष्ट्रपति निर्वाचन यही २५ गते हुँदैछ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तनहुँबाट विजयी पौडेल र ईलामबाट निर्वाचित नेम्वाङबीच राष्ट्रपतिमा प्रतिस्पर्धा हुनेछ ।