फाइल तस्वीर


काठमाडौं — बालिका बलात्कारको आरोपित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । सर्वोच्च अदालतलमा आज भएको बहसमा लामिछानेविरुद्धको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो

सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सन्दर्भ सन्दीपले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

यी दुवै मुद्दामा आज आईतबार न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासमा सुनुवाई भएको थियो । आजको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रहेको सर्वोच्च अदालतले जनाएको छ । भोलि सोमबार पनि यो मुद्दामा सोही इजलासमा सुनुवाई हुने बताइएको छ ।