फाइल तस्वीर
काठमाडौं — वर्तमान सत्तागठबन्धनको मुख्य दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफुले धोका पाएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डप्रति यस्तो आरोप लगाउनु भएको हो ।
पूर्वप्रधानमन्त्री ओलीले ‘देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको’ उल्लेख गर्दै ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पु¥याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’ भनि प्रतिप्रश्न गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको बताउनुहुँदै एमाले अध्यक्ष ओलीले ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को’ ओलीले भने, ‘हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ’— कटाक्ष गर्नुभयो ।
‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो ।, मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ’ एमाले अध्यक्ष ओलीको भनाइ थियो ।
लोकतान्त्रिक सरकार बनाउ र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण आफ्नो प्रयास सफल हुन नसकेको ओलीले जिकिर गर्नुभयो ।