फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने भएको हो ।

केन्द्रीय समितिको बैठकमा देशको बदलिंदो राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल छ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।

फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने अर्यालको भनाइ छ ।