राष्ट्रियसभा बैठक, फाइल तस्वीर
काठमाडौं – राष्ट्रियसभाको बैठक आज बस्दै छ । उत्तल बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा आज आइतबार दिउँसो १ बजेपछि बस्ने तय भएको हो ।
संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्टिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५÷७६, २०७६÷७७ र २०७७÷७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।
त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
