काठमाडौं — राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराउनुभएको हो ।

संवैधानिक व्यवस्था अनुसार पाँच जना प्रस्तावक र समर्थक राखेर एमालेले नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो । शनिबार बिहान मात्रै पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गत १० पुसको सम्झौता अनुसार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको एमाले नेताहरूले बताएका छन्। एमालेले राष्ट्रपति निर्वाचन अघि सरकार नछाड्ने निर्णय पनि गराएको छ ।