काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।