काठमाडौं — आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थान र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो ।

त्यस्तै आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । आज राति पनि प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यतिबेला (शनिबार बिहान) भने प्रदेश नं १ , मधेश प्रदेश बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।