फाइल तस्वीर

काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक अहिले बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको हो । बैठकमा सरकार र राष्ट्रपति उम्मेदवारको विषयमा छलफल हुने बताइएको छ ।

हिजो साँझ बसेको नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलको संयुक्त बैठकले राष्ट्रपतिमा काङ्ग्रेसलाई अघि बढाउने निर्णय गरेको छ । यससँगै एमाले र माओवादी केन्द्र लगायतका दलहरूको गठबन्धन भत्किएको छ ।
पुष १० को सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

गठबन्धन भत्किएसँगै एमालेले आफूनिकट दलहरूसित मिलेर आफ्नो उम्मेदवार टुङग्याउने तयारी गरेको छ । एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट सरकारको भविष्यका बारेमा नयाँ निर्णय लिइनेछ ।