काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)ले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनमा राप्रपा प्रस्तावक र समर्थक नबस्ने निर्णय भएको र राष्ट्रपति निर्वाचन सम्बन्धि अन्य विषयमा छलफल भएको बताउनुभयो ।
शनिबार राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने २५ फागुनमा मतदान हुनेछ । तर, राप्रपाले कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ ।