काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । शीर्षनेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको हो ।


आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि एमाले अध्यक्ष ओली प्रतिनिधिसभा बैठक छाडेर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

एमालेले मङ्सिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भनिरहेको छ भने माओवादीले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने भनिरहेको छ । यही कारण दुई दलबीच दुरी बढेको हो ।