काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने भएको हो ।

बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतका विषयमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिँदैछ ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

Untitled