फाइल तस्वीर
काठमाडौं — आसन्न राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न चार दलका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका छन् निर्वाचन अघिको पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी रजनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु बैठकमा जुटेका हुन् ।
राष्ट्रपतिको विषयलाई लिएर वर्तमान सत्ता गठबन्धनमा दरार पैदा भएपछि यी दलहरु पुनः एकै ठाउँमा जम्माहुन पुगेका हुन् । यी चार दलका शीर्ष नेताहरुबीच तीन दिनदेखि विभिन्न कोण र तहबाट छलफल र संवाद भैरहेको छ । दुई पक्षीय त्रिपक्षीय भेटघाट र वार्ताले निरन्तरता पाइरहेको बेला आज पुरानो गठबन्धनका मुख्य चार दल पुनः एकै ठाउँमा जुटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल चलिरहेको छ ।
राष्ट्रपतिको उम्मेदवार छनोट, वर्तमान सरकारको भविष्य, भावि राजनीति र चार दलीय गठबन्धनको सहयात्रा आजको बैठकका मुख्य एजेण्डा भएको बताइएको छ ।