काठमाडौं — सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषदको बैठकमा शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे छलफल भएको हो ।
आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सर्वत्र रुपमा भएको आलोचनालाई निराकरण गर्नका लागि सार्वजनिक विदामा पनि अत्यावश्यक तथा महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको छ ।
शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालयलगायतका कार्यालयहरु खुला राख्ने विषयमा छलफल भएको बताइएको छ ।