फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति निर्वाचन र पार्टी एकीकरणको विषयमा छलफल गर्न भेटघाट भएको हो ।
उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपाले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई ‘नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको’ भनि जवाफ दिनुभएको बताइएको छ ।
वर्तमान सत्ता गठबन्धन टुट्ने सङ्घारमा पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै एसका अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गर्दै पार्टी एकीकरण गर्नु आग्रह गर्नुभएको थियो । यता अध्यक्ष नेपाल आजैमात्र प्रधानमन्त्री प्रचण्डसँगको भेटमा आफुलाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गर्न आग्रह गर्नुभएको थियो ।