फाइल तस्वीर

काठमाडौं — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत भ्रमणमा जानुभएको छ । उपप्रधानमन्त्री पौडेल भारतमा हुनलागेको जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन त्यसतर्फ जानुभएको हो ।

भारतको ब्याङलोरमा जी–२० का अर्थमन्त्रीहरुको सम्मेलन हुने कार्यक्रम छ । भोलिदेखि सुरु हुने उक्त सम्मेलन दुईसम्म चल्नेछ । सम्मेलनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री पौडेलका साथ अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भ्रमण टोलीमा हुनुहुन्छ ।

नेपाल जी–२० को सदस्य होइन । तर भारतले अध्यक्षता लिएको बेला नेपाललाई सम्मेलनमा भाग लिन आमन्त्रण गरेको हो । जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरु छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेल फागुन १३ गते सम्मेलन सकेर स्वदेश फर्किनुहुने बताइएको छ ।