काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुले आज बिहीबार एकीकृत समाजवादीका नेताहसँग छलफल गर्नुभएको थियो ।
आज बिहिबार बिहान सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएपछि ‘प्रधानमन्त्री प्रचण्डलले पनि म त एकदमै सहमत छु, कङ्ग्रेससँग पनि कुरा गरौं’ भन्नुभएको समाजवादीका एक नेताले बताउनुभयो ।
काङ्ग्रेससँग आज साँझ ५ बजे छलफल गर्ने तयारी रहेको बताइएको छ । त्यसअघि अहिले अपराह्न्न ३ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।