स्वीट्जरल्याण्ड — बिरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गर्नुभयो । विशेष गरी खोप कार्यक्रम पोलियोलगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले धन्यवाद दिनुभयो ।
भेटमा मन्त्री गिरीले २०७२ सालको भूकम्प, हैजाको प्रकोप, कोभिड कोभिडविरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सङ्गठनले सह्रानीय भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रतिजैविक औषधीको प्रतिरक्षा प्रणालीलगायत हाल भैरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वय गर्ने कुरा राख्नुभयो । डा. गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको भन्दै डब्ल्यूएचओको तर्फबाट आवश्यक सहयोग निरन्तर हुने आश्वासन दिनुभएको थियो ।