फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । काङ्ग्रेसका एक नेताले बताए अनुसार अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकले भावी राष्ट्रपतिको उम्मेदवारबारे काङ्ग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो बुधवार भएको भेटवार्तापछि उत्साहित काङ्ग्रेसले आज बस्ने कार्यकारणीको बैठकवाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।
राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा काङ्ग्रेसका नेताहरु एकमत भएको बुझिएको छ ।