फाइल तस्वीर
काठमाडौं — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुग्नुभएको छ । पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल राष्ट्रपति निर्वाचनबारे छलफल गर्न धुम्बाराहीस्थित देउवा निवास धुम्बाराही पुग्नुभएको हो ।
आज बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गर्नुभएको अध्यक्ष नेपाल दुई शीर्ष नेता लिएर देउवा भेट्न धुम्बाराही पुग्नुभएको हो ।
एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका बेला राष्ट्रपतिको दाबी गरिरहेको काङ्ग्रेसका सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका नेता धुम्बाराही जानुभएको हो ।
बैठकमा अध्यक्ष नेपालले राष्ट्रपतिका विषयमा ओली राखेको प्रस्तावमा आफू विश्वस्त हुन नसकेको बताउनुभएको थियो । सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेता भेटवार्तामा सहभागी रहेको स्रोतले बताएको छ । देउवा निवासमा राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेर नेताहरुबीच भेटघाट भएको हो ।