फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रपति निर्वाचनका विषयमा सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरेको छ । आज बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टीका महासचिव बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै राष्ट्रपति निर्वाचनका विषयमा सबैसँग छलफल गर्ने जानकारी दिनुभएको हो ।
