काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा सहभागी हुने मतदाताको नामावली सार्वजनिक गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मतदाता नामावली सार्वजनिक गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बुधबार ८ सय ८१ जनाको नामावली सूची प्रकाशन गरेको छ । निर्वाचन अधिकृतको कार्यालय सहायक निर्वाचन अधिकृत अमृता शर्माले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार सङ्घीय सांसद र प्रदेश सांसद् मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा सङ्घीय संसदका ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० जना सदस्यको नाम रहेको छ ।
मतदाता नामावलीको दाबी विरोधको उजुरी आज बिहान ११ बजेदेखि भोलि बिहीबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको बताइएको छ ।
प्रतिनिधिसभा सांसद्को नामावली: