काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।
पार्टीका महासचिव बेदुराम भुसालका अनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।


सत्तारुढ गठबन्धन दलभित्र एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको चर्चा चलेसँगै सो पार्टीले सचिवालय बैठक बोलाएको हो ।