काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा भेटवार्ता भएको हो । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै विदेशी अधिकारीहरूको भेटघाट बाक्लिंदै गएको छ ।