ढोरपाटन– राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुग्नुभएको छ । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी बागलुङ जानुभएको हो ।
नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान १०:३० बजे बागलुङ बजार पुग्नुभएको राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गर्नुभयो ।
राष्ट्रपति भण्डारीले बागलुङ कालिका मन्दिरमा दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।