फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहा जाने हुनुभएको छ । यहि फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जान लाग्नुभएको हो ।
फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सरकार एवम् राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको निर्वाचनका कारण १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारीमा रहेको स्रोतले जनाएको छ ।
प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।