काठमाडौं– नेपाल प्रहरी प्रधानले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । एक सार्वजनिक सूचना जारी गरी पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।
गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाको नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा रहन जारी सूचनामा उल्लेख छ ।
सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ ।
