काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । आज मङ्गलबार बसेको शीर्ष नेताको बैठकले सहमतिमा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने निर्णय गरेपछि राष्ट्रपतिको प्रस्ताव लिएर लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्रीसँगको भेटमा लोसपमा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरुको सहभागिता थियो । स्रोतका अनुसार उहाँहरुबीचको भेटमा लोसपा नेताहरुले महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन आग्रह गरेको बुझिएको छ ।