फाइल तस्वीर
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी आज मङ्गलबार हेटौंडा जाने हुनुभएको छ । राष्ट्रपति भण्डारी ४३ करोड रुपैयाँ लागतमा नव निर्मित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको उद्धघाटन लागि हेटौंडा जाने हुनुभएको हो ।
सोही भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी आज ११ बजे हेटौंडा आइपुग्ने समय तय भएको हेटौंडा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले जानकारी दिनुभयो ।