काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनबारे पार्टीको निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दिने भएको छ । पार्टी प्रवक्ता तथा उपाध्यक्ष कृष्णबहादुर महराले बताए अनुसार आज सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै पार्टी प्रवक्ता तथा उपाध्यक्ष महराले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको तर, पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ भन्ने टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो ।
उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताउनुभयो ।