काठमाडौं — सरकारले भोलि फागुन ९ गते मङ्गलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्पो ल्होसार’ भनिएको हो । एक महिनासम्म मनाइने ल्होसारको भोली पहिलो दिन रहेको छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।