फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा भेटवार्ता भए हो ।
उहाँहरुबीच फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र समसामयिक विषयमा वार्ता चलिरहेको बताइएको छ । राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धनमा दरार उत्पन्न भैरहेको बेला प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष नेपालबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिको उम्मेदवारमा एमालेले नेपाललाई सङ्केत गरेको बाहिर आउन थालेको छ ।