फाइल तस्वीर
काठमाडौं — काठमाडौंस्थित देशकै पहिलो अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरले काम नगर्दा अध्यावमन सेवा सबै प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध हुनुपुगेको हो ।
सर्भरले काम गर्न नसक्दा बाह्य र आन्तरिक दुवै क्षेत्रका हवाई उडानहरु अवरुद्ध हुँदा सबै यात्रुहरु मर्कामा परेका छन् । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार केहीबेर अघिबाट इन्टरनेटमा समस्या आउँदा काम रोकिएको छ ।
अवरुद्ध सेवा सुचारु गर्न काम भइरहेको अध्यागमन विभागले जनाएको छ । विमानस्थलमा नेपाल टेलिकमको इन्टरनेट जडान गरिएको छ । यसअघि विमानस्थलमा सरकारी सर्भर डाउन हुँदा सेवा प्रभावित भएको थियो । सोमबार पनि इन्टरनेट नचल्दा सयौं हवाई यात्रुहरू प्रभावित भएका छन् ।
हवाई उडानमा अध्यागमन विभागको चरम लापरबाहीका कारण पटक पटक सर्भरमा समस्या आउनु भएको छ । सर्भरमा समस्या देखिएपछि त्रिभूवन विमानस्थलबाट बाहिर जाने र आउने सबै उडान अवरुद्ध भएपछि यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।